काठमाडौँ, ३ चैत । नेपाल विद्युत प्राधिकरण रत्नपार्क वितरण केन्द्रका ईलेक्ट्रिकल सुपरभाइजर घुस रकमसहित पक्राउ परेका छन ।
प्रक्रिया मिचेर नयाँ क्षमताको मिटर जडान गरिदिने भन्दै सेवाग्राहीसँग २० हजार घुस रकम लिइसकेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलाशप्रसाद दाहाललाई २० हजार घुस रकमसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको आयोगले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्