काठमाडौँ, ६ चैत । विश्वमा महामारीको रुप लिइरहेको कोभिड १९ भनिने कोरोना भाइरसविरुद्ध लड्न विश्व बैंकले सहायता रकम वृद्धि गरेको छ ।
बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी) को निर्देशक समितिले सहायता रकमको प्याकेज बढाएको हो । बैंकले कोरोनाविरुद्ध लड्न १४ विलियन अमेरिकी डलर रकम परिचालन गर्नेछ ।
अब प्रभावित मुलुक र त्यहाँका कम्पनीहरुलाई आर्थिक सहायता प्रदान गर्ने हेतुले दु्रत गतिमा प्रवाह हुनेगरी नयाँ सहायता राशी घोषणा गरिएको विश्व बैंकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्