दमौली, ६ चैत । जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतलले एक अभियुक्तलाई एघार वर्ष कैद फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश वासुदेव पौडेलको बुधबारको इजलासले ऋषिङ गाउँपालिका–१ कोइदिम बस्ने १६ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा व्यास नगरपालिका–२ दमौलीका ४२ वर्षीय राजन पन्थलाई अदालतले एघार वर्ष कैद फैसला सुनाएको हो ।
अदालतले पीडित बालिकालाई रु पचास हजार क्षतिपूर्ति दिने फैसलासमेत गरेको छ । गत जेठ २६ गते ती युवतीलाई ललाइफकाइ जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले पन्थलाई पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्