राजनीति

राष्ट्रपति भण्डारीद्वारा बङ्गलादेशका राष्ट्रपिताको योगदानको प्रशंसा



काठमाडौँ, ६ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले बङ्गलादेशका राष्ट्रपिता मुजिबुर रहमानको योगदानको प्रशंसा गरेकी छन  ।

राष्ट्रपति भण्डारीले राष्ट्रपिता रहमानको जन्मशताब्दीका अवसरमा त्यहाँका राष्ट्रपति अब्दुल हमिद र प्रधानमन्त्री शेख हसिनालाई  बुधबार एक भिडियो सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेकी छन  ।

उक्त सन्देशमा राष्ट्रपति भण्डारीले बङ्गबन्धुका नामलेसमेत परिचित बङ्गलादेशका राष्ट्रपिताको राष्ट्रनिर्माण तथा बङ्गलादेशको आर्थिक, सामाजिक विकासमा गर्नुभएको योगदानको प्रशंसा गरेकी छन ।

उहाँले नेपाल र बङ्गलादेशबीच व्यापार, पर्यटन लगानी सम्पर्क सञ्जाल र जनस्तरको दुईपक्षीय सम्बन्ध विकासको प्रचूर सम्भावना रहेको पनि सन्देशमा उल्लेख गर्नुभएको छ ।