राजनीति

अराजकताको संरक्षण गर्दै कांग्रेस



भक्तपुर, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सूर्यविनायक नगरपालिका वडा नं. ७ को वडा कमिटीले एक विज्ञप्ती जारी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस फटाहाको भर्तिकेन्द्र भएको उल्लेख गरेको छ ।

केही दिन अघि कांग्रेस निकट केही अनलाईन सञ्चार माध्यममा सोही वडा निवासी जगदिश बस्नेतको गाडि तोडफोडको घटनामा नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतसँग जोड्नु दुःखद् मात्र नभई अराजकताको संरक्षण कांग्रेस भएको विज्ञप्तीमा उल्लेख गरेको छ ।

राष्ट्रिय युवा संघले जगदिश बस्नेतलाई संकास्पद आचरण, व्यवहार तथा आर्थिक कारोवारहरुलाई ध्यान दिँदै कारवाहीको तयारी गरेको जानकारी पश्चात कानुनी तथा सांगठनीक कारवाहीको डरले राजनीतिक छायाँ लिनको लागि कांग्रेसको प्रवेश गरी अनावश्यक प्रचारवाजी गरेको साथै राजनीतिक छायाँमा कारवाहीबाट बच्न विभिन्न रणनीतिहरु बताएको बताएको छ ।

कांग्रेसले गरेको अर्को थप फटाहीको प्रमाण