बाजुरा, ७ चैत । जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ ।
वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको स्थानीयले जनाएका छन ।
खम्वीरसिंह थापाको यही चैत ५ गते र डम्मरकला विकको चैत ३ गते दिन मृत्यु भएको हो । ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको गाउँपालिले जनाएको छ ।
स्वास्थ्य कार्यालय, बाजुराका वरिष्ठ जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले प्रभावित गाउँमा स्वास्थ्यकर्मी परिचालन भएको जानकारी दिए । यसैगरी चुवाना, छुदरी, सुपेना, फयालगाउँ, वाउनवाडा, माझगाउँ, पुडेनी, लौडीसहितका गाउकाँ बासिन्दा बिरामी पर्न थालेका छन् ।
यसैबीच, कोभिड–१९ को जाँचका लागि चार स्थानमा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेक्स) स्थापना गरिने भएको छ । प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाभित्र प्रवेश गर्ने नाकामा हेल्थ डेक्स सञ्चालन गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपानेले जानकारी दिए ।
जिल्ला विपद् व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले कोल्टी विमानस्थल कोल्टी, जगन्नाथ गाउँपालिकाको जुड्डी, बाह्विसको इकडी र मार्तडी प्रवेश नाकामा हेल्थ डेस्क सञ्चालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी समिर भण्डारीले जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्