काठमाडौँ, ७ चैत । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको मनोहराफाँटस्थित निवासमा बम विस्फोट गराएको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजधानीको विभिन्न स्थानबाट कैलाली स्थायी घर भएका लक्ष्मण सेठी, अमृत कुमाल र कालिकोटका टेक लोहारलाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्