समाचार

आजको राशिफल



आज २०७६ साल चैत ८ गते शनिबार, चैत्र कृष्ण पक्ष द्वादशी, अन्तर्राष्ट्रिय रंगभेद उन्मुलन दिवस

मेष (चुचेचोलालिलुलेलोअ)

प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोश जाँगर र उमंग बढ्ला । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । मनोबल उच्च रहनेछ ।

वृष (इवाविवुवेवो)

नजिकको व्यक्तिबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्न पाइएला । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ ।

मिथुन (काकिकुकेकोहा)

अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । निर्णायक क्षमतामा कमी आउनेछ । प्रेममा मनमुटावका साथै मनमा सङ्का उत्पन्न हुनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । भाग्यले साथ दिनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आज धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

कन्या (टोपापिपुपेपो)

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । भूमि लाभ रहला ।

तुला (रारिरुरेरोतातितुते)

झञ्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट धोका पाइएला ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज रमाइलो यात्राको योग रहेको छ । धर्म,कर्ममा मन लाग्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । विद्या र बुद्धिको विकास हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

शुभकार्यको चर्चा चल्नेछ । साहित्य तथा संगीतमा रुचि बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

भाग्यले विभिन्न अवसर जुराउनेछ । शिक्षामा सफलता पाईनेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आज सानातिना समस्यामा अल्झिनुपर्नेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । आफूलाई कमजोर भएको अनुभूतिपनि हुनेछ ।

मीन (दिदुदेदोचाचि)

नसोचेको ठाउँबाट धनागम हुनेछ । वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ ।

साभारः हाम्रो पात्रोबाट