काठमाडौँ, ९ चैत । सामाजिक सञ्जालमा हेलिकप्टरबाट किटनाशक औषधि छर्कने भ्रमपूर्ण सूचनाप्रति नेपाली सेनाले आपत्ती जनाएको छ ।
कोभिड(१९ ९कोरोना भाइरस०को बारेमा गलत सूचना बाँडेको भन्दै सेनाले एक विज्ञप्ती जारी गर्दै तीन बुँदे ध्यानाकर्ष पत्र प्रकाशित गर्दै उक्त कुरामा कुनै सत्यता नभएको उल्लेख गरेको छ । शनिवार बिहानदेखि ‘राति १२ बजे विशेष सैन्य हेलिकोप्टरले कोरोना भाइरसविरुद्ध औषधि छर्किँदैछ, बाहिर नबस्नुस्, बाहिर रहेको लुगा कपडा उठाउँनुहोस् राति बाहिर नबस्नुहोस्’ भन्ने कुरा गलत भएको नेपाली सेनाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्