अर्थ

बैंकहरु खुलै रहने, डिजिटल कारोबार गर्न आग्रह



काठमाडौँ, ९ चैत । बैंक तथा वित्तीय संस्थाहरुले भने बैंकिङ सेवा नियमित गर्ने भएका छन् ।

वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु सबैले सबै शाखा कार्यालयहरुका काउन्टर सुचारु राख्ने भएका हुन् । बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकका सबै कार्यालयहरु खुलै रहेपनि सकेसम्म डिजिटल कारोबार गर्न आग्रह गरेका छन ।

‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका वित्त कम्पनीहरुको संयुक्त बैंठक बसी जुनसुकै बैंकको एटिएम कार्डले जुनसुकै एटीएमबाट रकम निकाल्दा पनि पैसा नलाग्ने बनाएका छन् । साथै डिजिटल कारोबार गर्दा पनि रकम नलाग्ने बनाएका छन् ।

अब इन्टरनेट बैंकिङबाट रकम ट्रान्सफर गर्दा सेवा शुल्क लाग्ने छैन । बैंकका हरेक शाखा कार्यालयहरुमा सावधानीका लागि हृयाण्ड स्यानिटाइजर तथा मास्क  राख्न अनुरोध गरिएको अध्यक्ष दाहालले बताए ।