काठमाडौं, ९ चैत । बुद्ध एयरले ट्रंक रुटको भाडादर घटाएको छ ।
बुद्धले एक विज्ञप्ती जारी गर्दै यस्तो विषम परिस्थितीमा नाफालाई नहेरी सेवालाई मुख्य प्राथमिकता दिने भन्दै ट्रंक रुटतर्फ ३५ प्रतिशत भाडा छुट गरेको छ ।
नेपाल सरकारले लामो दुरीको बस संचालनलाई केही दिनलाई रोक लगाएको छ । यस अवस्थामा हवाईमार्ग मात्रै यात्राको पहिलो साधन बन्न पुगेको र यस्तो परिस्थितमा नेपाली यात्रुहरुलाई थप सजिलो र राहतका लागि अधिकतम भाडादर आजको मितिदेखि घटाइएको बुद्धले जनाएको छ ।











प्रतिक्रिया दिनुहोस्