वि.सं.२०७६ साल चैत्र १० गते । सोमबार । ईश्वी सन् २०२० मार्च २३ तारिख । नेपाल संवत् ११४०
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पछिसम्म फाइदा हुने व्यापार व्यवसायमा लगानी गरि आम्दानी सुनिश्चित गर्न सकिनेछ । आर्थिक अभावले रोकिएका कामहरु तीब्र गतिमा सञ्चालन हुनेछन् । स्रोत साधनको प्रयोग गरि अग्रगामि छलाङ मार्न सकिनेछ । शिक्षा तथा शिक्षा पेशासँग सम्बन्धित कामहरुबाट आम्दानि बढाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेकोछ भने जीवनसाथीसँग थप आत्मिय भाव बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला । राजनीति तथा समाजसेवमा जनताको साथ तथा समर्थन पाइनेछ । नयाँ काम पाउने तथा व्यापारमा प्रसस्त आम्दानी हुने हुँदा आर्थिक स्थिति सुदृढ हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । अध्ययनमा राम्रो सफलता हात लाग्नेछ । प्रणण सम्बन्धको डोरो कसिलो भएर जानेछ । पैत्रिक सम्पति तथा सरकारी सम्पतिको प्रयोग गर्न पाइने हुँदा मन प्रशन्न हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दि आउनेछ । पढाइ लेखाइ तपाई आफ्नै कारणले बिग्रनेछ । धर्म तथा अध्यात्मतिर चासो रहेपनि गलत व्यात्तिहरुले प्रयोग गर्न सक्छन् ध्यान दिनुहोला । यात्रा गर्दा विशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । शैक्षिक यात्रा भने फलदायि रहनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) व्याक्तिगत समस्या बढ्नेछ । काम बढेपनि आम्दानी भने न्युन हुनेछ । न्यून पारिश्रमिकमा दिनभर समय खर्चिनु पर्दा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनिसँग सानो सानो कुरामा विवाद सिर्जना हुनेछ । पढाइ लेखाइमा ध्यान जाने छैन भने विभिन्न अवसर आएपनि सदुपयोग गर्न नजान्दा अरु भन्दा धेरै पछि परिनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ भने प्रेममा अविश्वास बढ्ने तथा धोका हुनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यवसायिक तथा मनोरञ्जनात्मक यात्रा हुनेछ । व्यापार फस्टाएर जाने हुनाले आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नया नियूक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरि हुने योग रहेकोछ । प्रेममा नजिक भई रमाउन सकिनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भिडभाडमा नजाने,सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला । कुनैपनि प्रतिस्पर्धामा तपाईको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तहरुसँग भेट घाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरु बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेकोछ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेकोछ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अन्य क्षेत्रमा व्यास्त हुँदा पढाइ लेखाइमा तपाईको नाम अरुभन्दा पछि आउनेछ । प्रेममा अविश्वास बढ्नेछ भने सन्तान तथा छोराछोरीले तपाईको काममा खासै सहयोग गर्ने छैनन् । भौतिक सम्पति तथा विलाशि सामानको प्रयोग गर्दा ध्यान दिनुहोला । प्रेममा नचाहाँदा नचाहाँदै छुट्टीनु पर्ने वाध्यता आउनेछ । व्यवसायमा लगानि गरेपनि प्रतिफल प्राप्त गर्न केहि समय कुर्नु पर्नेछ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) माया प्रेममा सामान्य खटपटको योग रहेकोछ भने जीवन साथीको असहयोगले कामहरु समयमा सम्पन्न नहुने योग रहेकोछ । राजनीति तथा समाजसेवामा प्रशस्त समय खर्चिएपनि उपलब्धि न्युन हुनेछ । समय तथा परिस्थितिको अध्ययन बिना चल्नाले दुख पाइनेछ । व्यापार व्यवसायमा लगानी गरे पनि प्रतिफल पाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको कारोबारबाट भनेजस्तो आम्दानी हुनेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) बनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरिको परिणाममुखि यात्राको तय हुनेछ भने खेलकुद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग तथा व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसीयालि छाउनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वातावरण तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउनेछ । विद्यामा अरु भन्दा पछि परिने हुँदा मन खिन्न हुनेछ । प्रशस्त समय लगानि गरेपनि समयमा काम नबन्ने हुँदा मनमा निरासा पैदा हुनेछ । मध्यान्हबाट समय उत्तम रहेकोले सानो प्रयत्नले राम्रो काम गरि फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरि गन्तब्य भेटाउन सकिनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययन तथा प्रतिस्पर्धामा तपाईको नाम एक कदम अगाडि आउनेछ भने प्रतिस्पर्धिहरूलाई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउन सकिनेछ । राजनीति तथा समाजसेविहरूले जनताको समर्थनमा पद प्राप्त हुने योग रहेकोछ । समय अनुकुल चल्न सकिने हुनाले र व्यापारमा भनेजस्तो आम्दानी हुने हुनाले आर्थिक अवस्था सुदृढ रहनेछ । प्रेममा विश्वासको वातावरण सिर्जना हुनेछ । भिडभाडमा नजाने, सरसफाइमा ध्यान दिँदै स्वास्थ्यको ख्याल गर्नुहोला ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कामको शिलशिलामा लामो दुरिको यात्रा हुने योग रहेकोछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरुका लागि आजको दिन फलदायि रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ ।
तपाईको दिन शुभ रहोस् ।
ज्योतिषि गणेश काफ्ले ।










प्रतिक्रिया दिनुहोस्