अर्थ

बढ्यो सुनको मूल्य



काठमाडौँ, १० चैत । आज सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा ५ सय रुपैयाँले बढेर छापावाला सुन ७७ हजारमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी भने स्थिर रह्दै प्रतितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।