समाचार

१८ किलो गाँजासहित तीन जना पक्राउ



पर्सा, १० चैत । पर्सामा प्रहरीले लागू औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको संयुक्त टोलीले बहुदरमाई नगरपालिका-५ का ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पकाहामैनपुर गाउँपालिका-१ धेरेका ५० वर्षीय मन्द्रिका सहनीलाई पक्राउ गरेको हो ।

बहुदरमाई नगरपालिका-५ बाट बीआर०५एफ ६५६६ नम्बरको मोटरसाइकलमा भारत जाँदै गर्दा पक्राउ परेका उनीहरुको साथबाट १८ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।