विराटनगर, १२ चैत । प्रदेश १ सरकारले कोरोना भाइरस (कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागि ‘कोरोना जनसुरक्षा कोष’ स्थापना गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ नियन्त्रण तथा रोकथाम गर्नका लागि १० करोड रुपैयाँको ‘कोरोना जनसुरक्षा कोष’ खडा गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले कोष खडा गरी प्रदेश सरकारका तर्फबाट १० करोड रकम जम्मा समेत गरेको छ । उक्त कोषमा मुख्यमन्त्रीसहित मन्त्रीहरु र राज्यमन्त्रीहरुले एक महिनाको पारिश्रमिक पनि जम्मा गर्ने निर्णय भएको छ ।
त्यसैगरि मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘कोरोना इन्फर्मेसन डेक्स’ स्थापना गर्ने निर्णय गरेको छ । सबै मन्त्रालयहरुमा एक जना अधिकृतस्तरका कर्मचारीलाई कोरोना फोकल पर्सनको रुपमा तोकी प्रत्येक दिन उक्त डेक्समा कोरोनाका बारेमा सूचनाहरु उपलब्ध गराउने प्रबन्ध गरिएको जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्