समाचार

ट्रक र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते



भक्तपुर, १२ चैत । भक्तपुर सूर्यविनायक नगरपालिका –८ जगाती नजिकै अरनिको राजमार्गमा तेल सकिएर रोकी राखेको ट्रकमा ठोक्किएर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मंगलबार राजमार्गमा रोकी राखेको ना ६ ख ११०३ नम्बरको ट्रकलाई सूर्यविनायकबाट साँगा जाँदै गरेको बा ९० प ४०४० नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सिन्धुपाल्चोक घर भएका २८ वर्षीय उत्तर बहादुर तामाङको डा। ईवामुरा अस्पताल उपचारको क्रममा मृत्यु भएको महानगरीय परिसर भक्तपुरले जानकारी दिएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका सिन्धुपाल्चोक घर भएका २८ वर्षीय आकाश तामाङलाई थप उपचारका लागि केएमसी हस्पिटल सिनामंगल रिफर गरिएको प्रहरीले जनाएको छ । अर्का घाइते ११ वर्षीय कोलसङ डोल्मा तामाङ भने उपचारपछि डिस्चार्ज भएका छन् ।