राजनीति

फोनको महसुल पछि तिरेपनि जरिवाना नलाग्ने



काठमाडौँ, १२ चैत । नेपाल टेलिकमले लकडाउन अवधीमा समयावधी सकिएका लाइनको म्याद थप्ने र सेवाहरुको महसुल तिर्ने समय थप गरेको छ ।

कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा टेलिकमले ढिलो महसुल तिरेपनि जरिवाना नलाग्ने व्यवस्था गरेको हो ।

जसअनुसार कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवा ग्राहकले समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप हुनेछ ।

यसैगरी कम्पनीका ल्यान्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने व्यवस्था टेलिकमले गरेको हो ।