राजनीति

कोरोनाको त्रासका बेला विप्लवको पार्टीमा भाडभैलो



काठमाडौँ, १३ चैत । विश्व कोरोना भाइरसको चपेडामा परेका बेला नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी विप्लव समुहमा भने आन्तरिक विवादले भाडभैलोे मच्चिएको छ ।

सो पार्टीको ललितपुर जिल्ला जनपरिषद प्रमुख शितल शर्माले हालै आफुमाथि विना कारण र स्पष्टिकरणको समेत मौका नदिइ  कारवाही गरेको भन्दै पार्टीको माथिल्लो निकायबाट छानवनको माग गरेका छन् ।