राजनीति

कोही पनि भोकमरीको सिकार बन्‍नु नपरोस् : सभापति देउवा



काठमाडौँ, १३ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोही पनि भोकमरीको सिकार बन्‍नुनपरोस् भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभापति देउवाले आज ट्विट गर्दै भनेका छन्, ‘विश्वभरी फैलिएको कोरोनाभाइरसबाट सुरक्षित हुन लकडाउन उत्तम विकल्प हो । कोरोनाबाट सुरक्षित हुँदाहुँदै कुनै समूह भोकमारीको सिकार बन्‍न नपरोस्, ‘म सरकारलाई दैनिक ज्यालादारीमा निर्भर रहेका र न्यून आय भएकालाई तत्काल विषेश राहत प्याकेज घोषणा गर्न अनुरोध गर्दछु ।’