समाचार

चीनबाट मेडिकल सामान ल्याउन निगमको जहाज जाने



काठमाडौँ, १३ चैत । कोरोनाभाइरस आशंका गरिएका र संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण लिन शनिबार नेपाल एयरलाइन्सको जहाज चीनतर्फ जाने भएको छ ।

नेपाल एयरलाइन्सको जहाज चीनको गोञ्जाओमा जाने र त्यहाँबाट स्वास्थ्य सामग्री संकलन गरी ल्याउने स्रोतले जनाएको छ । स्रोतका अनुसार नेपाल सरकारले आफ्नै खर्चमा सामग्री ल्याउन लागेको हो । उक्त स्वास्थ्य सामग्री आइतबारसम्म नेपाल आइपुग्ने छ ।