काठमाडौँ, १६ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल मुलुकको लागि हिरा सरह भएको बताउनुभएको छ ।
सामाजिक सञ्जाल तथा केही मिडियामा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी चिकित्सकलाई आवश्यक पर्ने सामाग्री चीनबाट खरिद प्रकरणमा भ्रष्टाचार भयो भनिरहेको समयमा संयोजक महरले उक्त कुराको कडा रुपमा खण्डन गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै मन्त्री ढकाललाई हिराको रुपमा तुलना गर्दै विरोधी तत्वहरुलाई फोहोरी किरोको रुपमा तुलना गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ, ‘भानुभक्त ढकाल हिरा हुन ! किराहरुले जति फोहोर ल्याएर छोप्न खोजे पनि हिरा चम्किन छोड्ने छैन र एकदिन आफू हिरा नै भएको प्रमाणित गर्नेछ ।’










प्रतिक्रिया दिनुहोस्