काठमाडौँ, १६ चैत । आज आइतबार पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि अन्य ठाउँको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार अहिले पानी पार्ने कुनै पनि प्रणाली सक्रिय नभएको तर स्थानीय वायुको प्रभावले पहाडी क्षेत्रको मौसम आंशिक बदली हुने र अन्य ठाउँको मौसम भने सफा हुने छ ।
त्यस्तै तापक्रम बढ्दै गएकाले आज दिउँसोपछि हावाहुरी चल्न थाल्नेछ । जमिनको सतह तातेपछि भूमरी बनेर हावाहुरी चल्ने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरिकै तापक्रम बढ्दै गएको छ ।










प्रतिक्रिया दिनुहोस्