समाचार

पोखरीमा डुबेर एक जनाको मृत्यु



मोरङ, १६ चैत । मोरङमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

शनिबार मिक्लाजुङ गाउँपालिका–५ धानखेती बस्ने २२ वर्षीय जिवन वि.क.को आफ्नै घर नजिक रहेको माछा पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

पोखरीमा डुबेर मृत अवस्थामा आफन्तहरुले देखेपछि प्रहरी खबर गरेका थिए । खबर प्राप्त भए सँगै इलाका प्रहरी कार्यालय उर्लावारीबाट प्रहरी टोली खटि गई शवलाई पोखरीबाट बाहिर निकालेको हो ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।