एजेन्सी, १६ चैत । कोरोना भाइरस (कोभिड-१९) बाट स्पेनकी राजकुमारी ८६ वर्षीया मारिया टेरेसाको शुक्रबार कोरोना भाइरसको कारण ज्यान गएको हो ।
टेरेसा स्पेनको बोउरबोन-पर्मा राजकीय परिवारकी सदस्य हुन् । युवराज सिक्टस हेनरीले शनिबार राजकुमारी टेरेसाको मृत्यु भएको पुष्टि गरेका हुन् ।
स्पेनमा कोरोना भाइरसको कारण अहिलेसम्म मृत्यु हुने मानिसको संख्या ५ हजार ८१२ पुगिसकेको छ । स्पेनमा समग्र संक्रमितको संख्या ७२ हजार नाघेको छ ।
प्रतिक्रिया दिनुहोस्