काठमाडौँ, १८ चैत । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृ तथा संसदीय दलकको सचेतक शान्ता चौधरीले विश्वमा महामारिको रुपमा फैलिएको कारोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारको उत्कृष्ट प्रयत्नले नै वर्तमान समयमा मुलुकमा खासै नोक्सानी व्यहोर्नु नपरेको दावी गर्नुभएको छ ।
विश्वमा महामारिको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)ले विश्वलाई नै संकट पैदा गरिरहेको समयमा नेपाल सरकारले रोकथाम तथा नियन्त्रणको प्रभावकारी भूमिका निर्वाह गरिरहेको सन्दर्भमा केही अराजक तत्वहरुले सरकारको विरोधको नाममा आम नागरिकको स्वास्थ्य माथि नै खेलवाड गर्ने गरि सामाजिक सञ्जाल तथा केही मिडियाहरुले अनावश्यक प्रचार प्रसार गरेको भन्दै उहाँले संकटको समाधान पनि त्यस्ता व्यक्ति तथा मिडियालाई जनताले मूल्याङ्कन गरिरहेको उल्लेख गर्नुभएको छ ।
उहाँले आज आफ्नो सामाजिक संजाल फेसबुकमा भन्नुभएको छ, ‘जुन देशमा कोभिड १९ (कोरोना) नामक भाईरसको उत्पत्ति भयो त्यो देशमा नियन्त्रण हुन सक्यो । जुन देशहरु श्रोत साधन, विज्ञान, प्रबिधि र आर्थिक रुपमा सम्पन्न छन त्यही देशमा हजारौंको संख्यामा मानिसको जीवन भौतिक रुपमा नै समाप्त भयो र लाखौं मानिस संक्रमित भएर मृत्युसँग लड्दैछन । नेपाल सरकारको कयौं प्रयत्नले आजका दिनसम्म हाम्रो देशले खासै नोक्सानी वेहोर्न परेको छैन । राजनीति हिजो पनि गर्यौं भोलि पनि गरौंला । बाँचे पछि नाँच्न पाईन्छ, हाँस्न पनि पाईन्छ । साथीभाइ मिलेर रमाइलो गर्न पाईन्छ, दु:ख साटेर रुन पनि पाईन्छ । रातदिन युद्ध मैदानमा खटिने नेपाल सरकार, सरकारका मन्त्रीहरु, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुको कुशलता र सकृयतालाई सलाम गर्न चाहन्छु र भन्छु अफवाह फैलाउनेहरुको कुतर्कको मतलब नराखी अघि बढ्नु, युद्धको नेतृत्व गर्नु, लाखौं जनताले तपाईंहरुलाई साथ दिएर शक्ति प्रदान गरिरहेका छन ।’










प्रतिक्रिया दिनुहोस्