समाचार

लकडाउन उल्लंघन गर्ने १०८ जना पक्राउ



काभ्रे, १८ चैत । लकडाउन उल्लंघन गरेको आरोपमा प्रहरीले १०८ जनालाई काभ्रेबाट पक्राउ गरेको ।

काभ्रेपालञ्चोकका प्रहरी प्रमुख एसपी रविकुमार पौडेलका अनुसार मंगलबार दिउँसोसम्म ४२३ वटा मोटरसाइकल र अन्य सवारी साधन ३२ वटा नियन्त्रणमा परेका छन् ।

पौडेलका अनुसार पक्राउ परेका उनीहरुलाई सामाजिक दूरी कायम गरेर सेचतनामूलक कक्षा दिने कार्य भइरहेको छ र साँझ मात्र छाडिनेछ ।