सोलुखुम्बु, १८ चैत । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले गाउँमा विदेशबाट फर्किनेको जानकारी दिनेलाई ५ हजार रुपैयाँ पुरस्कार घोषणा गरेको छ ।
टोलटोलमा माइकिङ गरेर गाउँपालिकाले वैदेशिक रोजगारीबाट आएकाको जानकारी दिने व्यक्तिलाई ५ हजार रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको हो ।
वैदेशिक रोजगारीबाट आएका पाँच जनालाई गाउँपालिकाको स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्यारेन्टाइनमा राखिएको प्रत्येक वडामा १५/१५ शय्यासहितको क्वारेन्टाइन र तीन स्थानमा पाँच शय्याको आइसोलेसन कक्ष निमार्ण गरेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएका छन ।










प्रतिक्रिया दिनुहोस्