विश्व

कोरोना भाइरसबाट संक्रमितको संख्या ८ लाख ५७ हजार ४८७ पुग्यो (सूचीसहित)



एजेन्सी, १९ चैत । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म कुल ८ लाख ५७ हजार ४८७ जना संक्रमित भएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण हालसम्म कोरोना भाइरसबाट ४२ हजार ११४ जनाको मृत्यु भएको छ । यस्तै, उपचारपछि घर फर्किने संख्या १ लाख ७७ हजार १४१ जना पुगेको छ ।

अमेरिकामा संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ९१७ जना पुगेको छ । अमेरिकापछि इटालीमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म इटालीमा १ लाख ५ हजार ७९२ जनामा संक्रमण देखिएको छ भने स्पेनमा ९५ हजार ९२३ जनामा संक्रमण देखिएको छ ।

यसैगरी, चीनमा ८१ हजार ५१८ जनामा संक्रमण देखिएको छ । अहिले सम्म इटालीमा १२ हजार ४२८ जनाको मृत्यु भएको छ । यसैगरी स्पेनमा ८ हजार ४६४ जना, अमेरिका ३ हजार ८६८ जना र चीनमा ३ हजार ३०५ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/