Banner News

भिसाको अवधि सकिएकालाई यूएईले भिसा थप गरिदिने



काठमाडौँ, १९ चैत । यूएईले मार्च १ भन्दापछि यूएईको आवासीय भिसा सकिएकालाई तीन महिना थपिदिने भएको छ ।

सोमबार यूएईको मन्त्रीपरिषदले मार्च १ पछि यूएईको आवासीय भिसा सकिनेलाई निःशुल्क तीन महिना अवधिको भिसा नवीकरण गर्ने निर्णय गरेको हो ।

स्थानीय सञ्चारमाध्यम गल्फ न्युज का अनुसार कोरोना भाइरसको कारण उत्पन्न परिस्थितीले भिसाको अवधि सकिएर पनि स्वदेश फर्कन नपाएकाको सुरक्षा र स्वास्थ्यका लागि यो निर्णय गरिएकोले हो  ।

यस्तै, यूएई घुम्न गएका तर कोरोनाको जोखिमका कारण स्वदेश फर्कन नपाउनेले भिसा थप गर्न पाउने भएका छन् ।