रौतहट, १९ चैत । गाँजा तस्करीसम्बन्धी एक मुद्दामा रौतहटको इशनाथ नरपालिकाका मेयरलाई पक्राउ गर्न मकवानपुर जिल्ला अदालतले अनुमति दिएको छ ।
मकवानपुर जिल्ला प्रहरी कार्यालयले रौतहट जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी ईशनाथ नरपालिकाका मेयर सन्तोष मेहता र उनका भाइ मोहन मेहतालाई पक्राउ गर्न आग्रह गरेको छ ।
गत माघ ११ गते हेटौंडा उपमहानगरपालिका १९ नेवारपानीमा रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्समा ३० किलो ६०० ग्राम गाँजा र ९१ हजार रुपैयाँ बरामद भएको थियो ।










प्रतिक्रिया दिनुहोस्