समाचार

आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु



दाङ, २० चैत । आफ्नै भाइले दाइलाई कुटपिट गर्दा मृत्यु भएको छ ।

दाङको राजपुर गाउँपालिका– १ रसरीखोलाका २३ वर्षीय भाइ जसराम कामीले आफ्नै ३२ वर्षीय दाइ प्रेम कामीलाई बुधबार राति १० बजे घरायसी विवादले लौरोले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

विहीवार बिहान ६ बजे घाइते कामीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

घाइतेको श्वासनली, पछाडि गर्दनमा गम्भीर चोट रहेको छ । शवलाई लमही अस्पतालमा राखिएको छ । भाइको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।