विश्व

कोरोनाबारे गलत हल्ला फैलाउने नौसेनाका कमाण्डर बर्खास्त



एजेन्सी, २१ चैत । कोरोनाबारे गलत हल्ला फैलाएको आरोपमा अमेरिकी नौसेनाका एक कमान्डरलाई उक्त जिम्मेवारीबाट बर्खास्त गरिएको छ ।

यूएसएस थियोडोर रुजबेल्ट जहाजको नेतृत्व गरेका क्याप्टेन ब्रोट क्रेजियरले कोरोनाबारे भ्रम फैलाएसँगै उनलाई बर्खास्त गरिएको हो । झण्डै ५ हजार  कर्मचारीकाे नेतृत्व गरेका क्रेजियरको जिम्मेवारी बिहीबारबाट खोसिएको एनबीसी न्युजले जनाएको छ ।

क्रेजियरले गत साता नौसेनाको नेतृत्वलाई पत्र लेख्दै १ सय जनामा कोरोना संक्रमण देखिएको दाबी गरेका थिए । कडा शब्दमा लेखिएकाे पत्रमा जहाजमा कोरोना भाइरस फैलन लागेकाले रक्षा गर्न माग गरिएकाे थियाे । जुन पत्र सञ्चारमाध्यममार्फत सार्वजनिक भएको थियो ।  लगत्तै नाभी नेतृत्वले उनको जिम्मेवारी खोसेको हाे ।