विश्व

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५९ हजार १४१ पुग्यो (सूचिसहित)



काठमाडौँ, २२ चैत । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५९ हजार १४१ जना पुगेको छ ।

विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १० लाख ९८ हजार ००६ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये २ लाख २८ हजार ४०५ जना उपचारपछि घर फर्किएका छन् ।

अहिले सम्म इटालीमा १४ हजार ६८१ जनाको मृत्यु भएको छ । यसैगरी स्पेनमा ११ हजार १९८, अमेरिका ७ हजार ३९२, फ्रान्समा ६ हजार ५०७ र चीनमा ३ हजार ३२२ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जनालाई संक्रमण र कति जनाको मृत्यु भएको छ त ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/