कठमाडौँ, २२ चैत । सामाजिक सञ्जालमार्फत कोरोना भाइरसबारे अफवाह फैलाउने एक जना पक्राउ परेका छन् ।
शुक्रवार बेलुका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गोपाल सुनारलाई पक्राउ गरेको हो । महेन्द्रनगरस्थित ‘महाकाली अस्पतालमा कोरोना भाइरसको संक्रमणका कारण एक जनाको मृत्यु भयो’ भनेर सुनारले अफवाह फैलाएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
सुनारले शुक्रवार बिहान सामाजिक सञ्जालमा ‘महेन्द्रनगरको अञ्चल अस्पतालमा एक जनाको मृत्यु, कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ’ भनेर पोष्ट गरेका थिए ।










प्रतिक्रिया दिनुहोस्