सिन्धुपाल्चोक, २३ चैत । सिन्धुपाल्चोकमा प्रहरीले लकडाउनको समयमा मदिरा ओसारपसार गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बाह्रबिसेमा चेकजाँचको क्रममा मदिरा बोकेको वा ११ च ५३८१ नम्बरको बोलेरोसहित चालक गणेश प्रधान र मोहन प्रधान पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ४५० क्वाटर रोज र ४८ क्वाटर गोल्डेन वाक नामको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्