जनकपुर, २५ चैत । प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनबाट भागेकी एक महिलालाई प्रहरीले रातारात पक्राउ गरेको छ ।
भारतको बिहार राज्यको झँझारपुरबाट एक सातापूर्व गाउँ फर्किएर धनुषाको सपहीमा आइसोलेसनमा रहेकी सिरहाको नरहा गाउँपालिका–३ बस्ने ५५ वर्षीय शैला खातुनलाई प्रहरीले पक्राउ गरी पुनः आइसोलेसनमा राखेको हो ।
खातुनलाई रुघाखोकी र ज्वरो आएपछि छोराले घरमा बस्न नदिएको बताइन्छ । छोराले घरबाट निकालिदिएपछि छोरीको घर गएकी उनलाई छोरीले पनि घरमा बस्न नदिएको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष अन्सुल अन्सारीले जानकारी दिए ।
अन्सारीकै पहलमा दुई दिन अघि खातुनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्