समाचार

थ्रेसरको पट्टामा बेरिएर एक महिलाको मृत्यु



कञ्चनपुर, २६ चैत । शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका २२ वर्षीय रेवती पाण्डेय जोशीको गहुँ थे्रसिङ गर्ने थ्रेसरको पट्टामा बेरिएर मृत्यु भएको छ ।

मङ्गलबार गहुँ थ्रेसिङ गरिरहेका बेला दुपट्टा थे्रसरको पट्टामा बेरिँदा जोशीको टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर चोट लागेपछि उपचारका लागि बाँकेको कोहलपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए । मृतकको शव परीक्षणका लागि महाकाली अस्पताल पुर्याइएको छ ।