काठमाडौँ, २७ चैत । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले लकडाउनका कारण काठमाडौँ उपत्यकामा अलपत्र परेकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौँ उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्याइदिने निर्णय भएको छ ।
छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए । तर उपत्यका बाहिरबाट काठमाडौँ आउन दिइने छैन ।










प्रतिक्रिया दिनुहोस्