दाङ, २८ चैत । दाङमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरीका ३७ वर्षीय बलबहादुर थापा नालामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
बिजौरी बजारको नालामा करेन्ट लागेर गम्भीर घाइते भएका थापाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा निधन भएको हो । थापाको शवलाई राप्ती प्रादेशिक अस्पतालमा पोष्टमाटमका लागि राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्