काठमाडौँ, २८ चैत । कोरोना भाइरसको महामारी सुरु भएयता नेपाली मुद्रा अधिकांश परिवर्त्य विदेशी पैसाको तुलनामा तीव्र दरमा सस्तिएको छ ।
पछिल्लो १० हप्तामा अमेरिकी डलर ७ रुपैयाँ ८२ पैसा महँगिएको छ । बिहीबार ग्रिनब्याक भनिने अमेरिकी मुद्राको भाउ नेपाल राष्ट्र बैंकले नै १२२ रुपैयाँ ५० पैसा तोकेको छ । यो हालसम्मकै सबैभन्दा महँगो दर हो ।
यद्यपि, प्रतिशतको हिसाबले नेपालमा सटही सुविधा भएका मुद्रामध्ये डलरभन्दा पनि हङकङ, जापान र यूएईको मुद्रा ज्यादा महँगिएको छ। गत ३१ जनवरीको मूल्यलाई आधार मान्दा बिहीबारसम्म हङकङ डलर ७.०५ प्रतिशत महँगिएको छ ।
जापानी येन पनि ६.८४ प्रतिशत महँगिएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ। यूएई दिह्राम भने डलरकै हाराहारी अर्थात् ६.८२ प्रतिशत महँगिएको छ । बहराइन दिनार, कतारी रियाल, स्विस फ्र्यांक र साउदी अरेबियन रियाल पनि ६ प्रतिशतभन्दा धेरै महँगिएका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस्