समाचार

आफैंले बोकेको बन्दुक पड्किँदा एक जना घाइते



सिन्धुली, २८ चैत । सिन्धुलीमा आफैंले बोकेको भरुवा बन्दुक पड्किँदा एक जना घाइते भएका छन् ।

बिहीबार घ्याङलेख गाउँपालिकास्थित जगंल नजिकै बारीमा मकै खान आएको जंगली बँदेल लखेट्न बोकेको बन्दुक अचानक पड्किँदा पटबाँस बस्ने ४८ वर्षीय राम बहादुर पाख्रिन घाइते भएको प्रहरीले जनाएको छ ।

उनीसँगै बन्दुक बोकेर जाने अन्य चार जना भने फरार रहेका छन् । सोही ठाउँ बस्ने नुर भन्ने बुद्धबहादुर बम्जनसहित ४ जनाको खोजीकार्य जारी रहेको र घट्नाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घाइते पाख्रिनलाई जिल्ला अस्पताल सिन्धुलीमा सामान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल काभ्रे रिफर गरिएको प्रहरीले जनाएको छ ।