संखुवासभा, २८ चैत । संखुवासभामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार राति खाँदबारी नगरपालिका-२ आरुबोटेमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर घाइते भएका १९ वर्षीय महेश बिकको उपचारको लागि जिल्ला अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्