समाचार

आजको राशिफल



आज २०७६ साल चैत २९ गते शनिबार, वैशाख कृष्ण पक्ष चतुर्थी

मेष (चुचेचोलालिलुलेलोअ)

नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यप्रति सतर्कता अपनाउन आवस्यक छ । आर्थिक कारोवारमा मन्दी आउनेछ ।

वृष (इवाविवुवेवो)

आज समाजमा प्रतिष्ठा कमाउने वेला छ । आफन्त र कुटुम्बको सहयोग मिल्नेछ । राजनैतिक कार्यमापनि सफलता मिल्नेछ ।

मिथुन (काकिकुकेकोहा)

लाभ, हानी, आय, व्यय, वरावरी मध्यम खालको दिनछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । मनपरेको खनेकुरा खान पाईनेछ ।

कर्कट (हिहुहेहोडाडिडुडेडो)

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मामिमुमेमोटाटिटुटे)

आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शरीरमा आलस्य आउला ।

कन्या (टोपापिपुपेपो)

शुभकार्यको चर्चा चल्नेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । विशिष्ठ व्यक्तिको साथ पाईनेछ । परिवारसंग समय बित्नेछ ।

तुला (रारिरुरेरोतातितुते)

आज प्रतिष्ठा कमाउने वेला छ । स्वादिष्ट भोजन पाईनेछ । धनार्जनका नयाँ योजना बन्नेछन् । राजनैतिक क्षेत्रबाट सहयोग पाईनेछ ।

वृश्चिक (तोनानिनुनेनोयायियु)

आज लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । मनमा शान्ति र अनुहारमा कान्ति छाउला । दाम्पत्य जीवन सुखमय नै हुनेछ ।

धनु (येयोभाभिभुधाफाढाभे)

आर्थिक लेनदेनमा समस्या देखा पर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्य तथा औषध उपचारमा खर्च बढ्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम अनुसार धनार्जन हुनेछ । कृषि क्षेत्र सबल रहनेछ । साँझमा खर्च बढ्नेछ ।

कुम्भ (गुगेगोसासिसुसेसोदा)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिनको उत्तरार्ध अधिक सुखद् रहनेछ ।

मीन (दिदुदेदोचाचि)

दैनिक कार्यमा सफलता पाईनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेकोछ ।

साभारः हाम्रो पात्रोबाट