विश्व

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो (सूचिसहित)



काठमाडौँ, २९ चैत । नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या १ लाख नाघेको छ ।

विश्वभर हालसम्म कुल १ लाख २ हजार ६४२ जनाको मृत्यु भएको पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १६ लाख ९६ हजार ८६० जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ३ लाख ७६ हजार १०५ जना उपचारपछि घर फर्किएका छन् ।

कोरोनाको संक्रमणबाट अहिलेसम्म इटालीमा १८ हजार ८४९ जनाको मृत्यु भएको छ । यसैगरी अमेरिका १८ हजार ६८६ जना, स्पेनमा १६ हजार ०८१ जना, फ्रान्समा १३ हजार १९७ जना, चीनमा ३ हजार ३३६ जना र जर्मनीमा २ हजार ७६७ जनाको मृत्यु भएको छ ।

कुन देशमा कति जना उपचारपछि घर फर्किए, कति जनामा संक्रमण र कति जनाको मृत्यु भएको छ ? हेर्नुहोस्ः

स्रोतः https://www.worldometers.info/coronavirus/