समाचार

चट्याङ लागेर एक जनाको मृत्यु



गलकोट, ३० चैत । बागलुङ जिल्लामा शनिबार चट्याङले लागेर एक युवकको मृत्यु भएको छ ।

बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको शनिबार दिउँसो साढे ४  बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर गम्भीर घाइते भएका उनको धौलागिरि अञ्चल अस्पताल बागलुङमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।चट्याङले लागेर उनीसँगै २० वर्षीय रेश्मी भट्ट घाइते भएकी छन् । रिजालको गोठमा रहेको भैँसीसमेत चट्याङले लागेर मरेको छ ।