काठमाडौँ, ३० चैत । हाल देशको पूर्वी भू–भागमा सामान्य बदली रहि बांकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आइतबार दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । अपरान्हपछि पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको पूर्वानुमानमा जनाइएको छ । राति भने देशको पहाडी भू–भागमा आंशिक बदली रही बांकी भू९भागमा मौसम सामान्यतया सफा रहने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्