खोटाङ, ३० चैत । खोटाङमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।
शनिबार बुलेका परेको चट्याङले खोटाङको केपीलासगढी गाउँपालिका १ तोमाने बस्ने जितमान राईको घरमा उनको १५ वर्षीय छोरा राजमणी राई र छिमेकी ३८ वर्षीया निर्मला विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङबाट निर्मलाको १४ वर्षीया छोरी मनकला बिक र ६ वर्षीय छोरा आसन बिक समेत घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल दिक्तेलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्