Banner News

प्रधानमन्त्रीद्वारा भोलि राष्ट्रिय गान गाउन सबैलाई आग्रह



काठमाडौँ, ३० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७७ को पहिलो दिन राष्ट्रिय गान गाउन सबैलाई आग्रह गरेका छन् ।

ग्लोबल कम्प्याक्ट नेपालको अनुरोधमा प्रधानमन्त्री ओलीले मनपरेको भन्दै सबैलाई आ-आफ्नो घरको झ्याल ढोका वा कौसीबाट सोमबार बिहान आठ बजे राष्ट्रिय गान गाउन अनुरोध गरेका हुन् ।

ग्लोबल कम्प्याक्टले अग्रपंक्तिमा रहेका चिकित्सक, नर्स, अतिआवश्यक प्रदायकका कर्मचारी, लगायतको सम्मानमा राष्ट्रिय गान गाउन र गुन्जाउन अनुरोध गरेको हो ।

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै सबै यस कार्यक्रममा सामेल हुन आग्रह गर्दै भनेका छन, ‘ग्लोबल कम्प्याक्ट नेपालको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।,