समाचार

भरुवा बन्दुकसहित दुई जना पक्राउ



जनकपुरधाम, १ बैशाख । भरुवा बन्दुकसहित धनुषाको मिथिला नगरपालिका ४ स्थित पुष्पलपुरबाट दुई जना पक्राउ परेका छन् ।

धनुषा प्रहरीले ज.१२ प १११५ नम्बरको पल्सर मोटरसाइकलमा सवार मिथिला नगरपालिका ४ बस्ने २६ वर्षीय सरोजकुमार महतो र ४४ वर्षीय राजकुमार लामालाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरेको हो ।

दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको र उनीहरुलाई हातहतियार खरखजाना मुद्दामा धनुषा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।