विश्व

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या साढे २३ हजार नाघ्यो



काठमाडौँ, २ वैशाख । कोरोना भाइरसका कारण अमेरिकामा साढे २३ हजारभन्दा बढीको ज्यान गइसकेको छ ।

सोमबार मात्रै अमेरिकामा १ हजार ५१६ को मृत्यु कोरोना संक्रमणकै कारण भएको छ । यससँगै त्यहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २३ हजार ६२१ पुगेको छ । आइतबार पनि अमेरिकामा १ हजार ५२८ को ज्यान गएको थियो भने २७ हजार ४२१ नयाँ संक्रमित थपिएका थिए ।

याे समाचार तयार पार्दासम्म सोमबार अमेरिकामा २६ हजार ५६६ नयाँ संक्रमित देखा परेका छन् । यससँगै त्यहाँ कुल संक्रमितको संख्या ५ लाख ८६ हजार ८६६ पुगेको छ ।

हेर्नुहाेस् बढी प्रभावित १५ राज्यकाे अवस्था-